NEP
  • NEP
  • ENG

परिचय

कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग मन्त्रालय अन्तर्गत २०४९ साल माघ महिनामा स्थापित विभागस्तरीय कार्यालय हो । यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्वन्धी कार्यहरु विभिन्न निकायहरु उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयको कार्य क्षेत्र नेपाल राज्यभरी रहेको छ । यस कार्यालयको शाखा कार्यालयहरु बुटवल र इटहरी स्थापना गरिएका छ । कम्पनी ऐनको इतिहास हेर्दा र्सवप्रथम कम्पनी ऐन १९९३ आएको र सो पश्चात कम्पनी ऐन २०२१, कम्पनी ऐन २०५३, कम्पनी अध्यादेश २०६२ हुदै हाल कम्पनी ऐन २०६३ लागू भएको छ ।



दृष्टिकोण
कम्पनीका संस्थापक र र्सवसाधारणलाइ सुलभ र प्रभावकारी सेवा उपलव्ध गराउने ।


अवधारणा


उद्देश्य
कम्पनी ऐन वमोजिम शेयरको विक्रीबाट पूँजी उर्ठाई सीमित दायित्वका आधारमा त्यसबाट कुनै उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समुहले प्रा.लि. तथा प.लि. कम्पनी दर्ता गर्न चाहेमा उक्त ऐन वमोजिम कम्पनी दर्ता गरिदिई ती कम्पनीहरुलाई आर्थिक तथा कानूनी अनुशासनमा राखी संचालन गर्न लगाई औद्योगिक तथा व्यापारिक प्रवर्द्धनमा सहयोग पुर्याई पूँजी बजारको विकासमा थप टेवा पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालयको उद्देश्य रहेको छ ।

प्रमुख कार्यहरु