NEP
  • NEP
  • ENG

कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु

कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भइसकेपछि कम्पनीले एउटा कानूनी व्यक्तिको स्वरुप पाउछ र यसको प्रवन्ध पत्रमा उल्लेखित उद्येश्यहरुको प्राप्तीको लागी कम्पनी ऐनमा व्यवस्था गरिएका केहि कानूनी प्रावधानहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । सो क्रममा मूख्यतया निम्न क्रियाकलापहरु संचालन गर्नु कम्पनीको कर्तव्य पनि हुन्छ ।


१ अनुमति वा इजाजत लिनुपर्ने :

कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नुअघि प्रचलित नेपाल कानून वमोजिम अनुमति वा इजाजत लिनु पर्ने विषयमा सम्वन्धित निकायवाट अनुमति वा इजाजत प्राप्त गर्नुपर्दछ । यसरी अनुमती वा इजाजत प्राप्त भएको १५ दिनभित्र कार्यालयलाइ जानकारी गराउनु कम्पनीको कर्तव्य हुनेछ । अनुमती वा इजाजत प्राप्त गर्दा कम्पनीको उद्देश्यसँग र प्रचलित ऐन नियम अन्तर्रगत रही सम्वन्धित निकायवाट प्राप्त गर्नु पर्ने हुन्छ । उदाहरणको लागि औद्योगिक कम्पनीहरुले उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभागको, विमा सम्वन्धी कम्पनीले विमा समितिको, वैंक तथा वित्तिय कम्पनीहरुले नेपाल राष्ट्र वैंकको स्विकृती प्राप्त गरी मात्र आफ्नो उद्देश्य कार्यान्वयन गर्नुपर्दछ । यसरी कम्पनी दर्ता भएकोलाई नै उद्देश्य कार्यान्वयन गर्ने इजाजत प्रदान गरिएको मान्न नमिल्ने हुदा यसतर्फसवै कम्पनीहरुले विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

२ स्थायी आयकर लेखा नम्वर लिनुपर्ने :

कम्पनीले अनुमती वा इजाजत लिनु पर्नेमा लिई आफ्नो व्यवसाय शुरु गर्नु भन्दा अगाडि नै सम्वन्धित आन्तरिक राजस्व कार्यालयवाट स्थायी आयकर लेखा नम्वर (एब्ल् ल्य।) प्राप्त गर्नुपर्दछ ।

३ कारोवार गर्ने स्विकृती लिनुपर्ने :

पव्लिक लिमिटेड कम्पनीका संस्थापकहरुले कम्पनी संस्थापना गर्दा प्रवन्ध-पत्र र नियमावलीमा खरीद गर्न कवूल गरेको शेयरको पूरा रकम चुक्ता गरी सकेपछि सोको प्रमाण सहित कारोवार गर्ने स्विकृतीको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्दछ । कारोवार गर्ने स्विकृती प्रदान नभए सम्म कम्पनीले विवरण-पत्र प्रकाशन गर्ने वा कुनै प्रकारको दायित्व सृजना हुने खालका कार्यहरु गर्नु हुँदैन । कार्यालयबाट स्वीकृति लिदा आवश्यकतानुसार सम्बन्धित निकायको पर्ूव स्वीकृति वा इजाजतपत्र पेश गर्नु पर्नेछ । प्राइभेट लिमिटेड कम्पनीले कारोवार गर्ने छुट्टै स्विकृती प्राप्त गर्नुपदैन । कार्यालयवाट कम्पनी दर्ता प्रमाण-पत्र प्राप्त हुनासाथ प्राइभेट लिमिटेड कम्पनीले कारोवार शुरु गर्न सक्ने व्यवस्था कम्पनी ऐन,२०६३ मा गरिएको छ तर कुनै खास कारोवार गर्न प्रचलित कानून बमोजिम कुनै निकायबाट स्वीकृती लिनु पर्ने भएमा त्यस्तो स्वीकृति लिएपछिमात्र कारोवार शुरु गर्नु पर्छ ।

४ प्रवन्ध-पत्र र नियमावलीको प्रकाशन :

पव्लिक लिमिटेड कम्पनीले कारोवार गर्ने स्विकृती प्राप्त गरेको तीन महिना भित्र आफ्नो प्रवन्ध-पत्र तथा नियमावली प्रकाशित गर्नुपर्ने व्यवस्था कम्पनी ऐन, २०६३ को दफा २२(१) मा गरिएको छ । त्यस्तै सोहि ऐन,को दफा २२(२) ले प्रवन्ध-पत्र र नियमावलीमा कुनै प्रकारको संशोधन भएको स्थितिमा पनि संशोधन भएको तीन महिना भित्र संशोधित प्रवन्ध-पत्र र नियमावलीको प्रकाशन गर्नुपर्दछ । तर प्राइभेट लिमिटेड कम्पनीले प्रवन्ध-पत्र र नियमावली प्रकाशित गर्नुपर्दैन ।

५ विवरण-पत्रको स्वीकृति र सो को प्रकाशन :


६ प्रतिलिपि दिने

७ शेयरको बांडफांड विवरण

पब्लिक कम्पनीले शेयर खरीदको लागि र्सवसाधारण समक्ष दरखास्त आव्हान गरेकोमा शेयर निष्कासन वन्द भएको मितिले बढीमा तीन महिनाभित्र शेयरको बाँडफाँड गरी शेयरधनीलाई तोकिए बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।

तर र्सार्वजनिक निष्काशन गरिएको शेयरको कम्तीमा पचास प्रतिशत शेयर खरीद गर्ने वारेमा प्रत्याभूति संझौता नभएको अवस्थामा र्सार्वजनिक निष्काशन गरिएको जम्मा शेयरको कम्तीमा पचास प्रतिशत शेयर बिक्री हुन नसक्ने भएमा शेयरको बाँडफाँड गर्नु हुँदैन । यसरी शेयर बांडफांड हुन नसको व्यहोरा खुलाई कम्पनीले सो म्याद नाघेको ७ दिन भित्र निवेदन दिएमा कार्यालयले शेयर वाडफाँड को लागि ३ महिनाको म्याद थप दिन सक्नेछ । उक्त अवधि भित्र पनि शेयर वाडफाँड हुन नसकेमा त्यसरी वाडफाँड हुन नसकेका शेयरहरु कम्पनीले वार्ता वा अन्य कुनै तरिकाले वाडफाँड गर्न सक्नेछन् ।

उपरोक्त वमोजिमको म्याद भित्र पनि शेयर वाडफाँड हुन नसुकेमा सो म्याद भुक्तान भएको दिन देखि शेयर खरिद वापत प्राप्त रकम र त्यस्तो रकममा फिर्ता बुझाउने दिन सम्मको तोकिए वमोजिमको व्याज समेत फिर्ता दिनु पर्ने छ ।

८ साधारण सभा :

कम्पनीहरुको साधारण सभा दुइ प्रकारका हुन्छन् :

(क) वाषिर्क साधारण सभा

(ख) विशेष साधारण सभा

पव्लिक कम्पनीको वाषिर्क साधारण सभा गर्नका लागि कम्तीमा २१ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खुलाई शेयरवालाहरुलाई सूचना दिनु पर्दछ । सो कुराको सूचना राष्ट्रिय स्तरको पत्र-पत्रिकाहरुमा कम्तीमा दुइ पटक प्रकाशित गर्नुपर्दछ । प्राइभेट लिमिटेड कम्पनीको साधारण सभा र सोको कार्यविधि कम्पनीको नियमावलीमा व्यवस्था गरिए वमोजिम हुने कुरा कम्पनी ऐन, २०६३ मा उल्लेख गरिएको छ ।

तर स्थगित भएको कुनै साधारण सभा बोलाउँदा त्यस्तो सभामा नयाँ विषयमा छलफल नहुने भएमा कम्तीमा सात दिन अघि सो सभाको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गरेमा रीतपुर्वक सूचना दिएको मानिनेछ ।

९ वाषिर्क साधारण सभा :


१० विशेष साधारण सभा :


११ विशेष प्रस्ताव पारित गर्नुपर्ने विषयहरु (दफा ८३)


१२ सभाको वैधानिकता र गणपूरक संख्या (दफा ६९ र ७३ )


१३ साधारण सभाको छलफल र निर्णय (दफा ७४)

तर विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने छ ।


१४ कम्पनीले कार्यालयमा पठाउनु पर्ने विवरण (दफा ५१,७८,१२०,१३१,१५६ )


१५ कम्पनीको हिसाव किताव र लेखा (दफा १०८ र १०९ )

(क) आर्थिक वर्षो अन्तिम मितिको वासलात,

(ख) आर्थिक वर्षो नाफा नोक्सानीको हिसाब,

(ग) आर्थिक वर्षो नगद प्रवाहको विवरण ।


यसरी तयार गरिने आर्थिक विवरण कम्पनी ऐनको दफा १०९ मा उल्लेखित बुंदाहरुबाट निर्देशित हुनर्ुपर्छ ।



१६ लेखापरीक्षकको व्यवस्था (दफा ११० , १११ र १६४)

१७ कम्पनीले पालना गर्नुपर्ने अन्य शर्तहरु (दफा १०)

अनुसूची बमोजिम निवेदनको ढाँचाको डाउनलोडहरु भित्र निवेदनको ढाँचाहरुमा रहेको छ, यस लिङ्कमा थिच्नुहोस् ।