NEP
  • NEP
  • ENG

कम्पनी प्रशासनसंग सम्बन्धित कार्यका लागी आवश्यक कागजातहरु देहाय बमोजिम रहेका छन् ।


१.१ शेयर पूँजीको हेरफेर गर्ने (दफा ५६)

(क) शेयर पूँजी बृद्धिको अभिलेख गर्ने

कम्पनीको स्वीकृत नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले दहाय वमोजिम आफ्नो शेयर पूँजी हेरफेर गर्न सक्नेछ ।

सोको लागि आवश्यक कागजातहरु देहाय वमोजिम छन् ।


(ख) शेयर पूँजी घटाइएको अभिलेख गर्ने (दफा ५७)

कम्पनीले आफ्नो शेयर पूँजी घटाउन चाहेकमा सो बिषयमा साधारण सभामा विशेष प्रस्ताव पारित गरी अदालतको स्वीकृति लिई सो वमोजिम प्रवन्ध पत्र र नियमावलीमा आवश्यक हेरफेर वा संशोधन गरी शेयर पूँजी घटाउन सक्नेछ । सोको अभिलेखको लागि देहायका कागजातसहित कार्यालयमा निवेदन दिनु पर्दछु ।


१.२ कम्पनीको नाम परिवर्तन/संशोधन (दफा २१.३)


१.३ कम्पनीको प्रवन्धपत्र । नियमावलीमा संशोधन (दफा २१.३)


१.४ पव्लिक कम्पनीको कारोवार गर्ने स्वीकृति (दफा ६३)


१.५ प्रवन्धपत्र र नियमावलीमा देखिएको सामान्य त्रुटी सच्याउने सम्बन्धमा (दफा १९.४)


१.६ प्रिमियम मूल्यको शेयर जारी गर्ने सम्बन्धमा (दफा २९)


१.७ शेयरधनी र डिवेञ्चरवालाको लगत अभिलेख गर्ने (दफा ४६) :


१.८ कम्पनीको एकिकरण गर्ने । गाभ्ने स्वीकृति (दफा १७७) :


१.९ शेयर पूँजी घटाइएको अभिलेख (दफा ५७) :


द्रष्टव्यः धितोपत्र वोर्डवाट स्वीकृत भएको विवरणपत्र भएतापनि यस ऐनमा व्यबस्था भएका कुनै प्रावधान पालना नभएको पाइएमा सो विवरणपत्र कार्यालयले दर्ता गर्न इन्कार गर्न सक्नेछ ।


१.१० एकल शेयर धनी भएका कम्पनी सम्वन्धि व्यबस्था (१५२,१५३)


१.११ विदेशी लगानी भएका कम्पनी सम्वन्धि व्यबस्था (१५४,१५५,१५६)


१.१२ मुनाफा वितरण नगर्ने कम्पनी सम्वन्धि व्यबस्था (दफा १६७)

(क) मुनाफा वितरण नगर्ने कम्पनी संस्थापना गर्न शेयर पूँजी आवश्यक पर्ने छैन ।
(ख) कम्पनीको कुनै सदस्यले लिखित रुपमा स्वीकार गरेको अवस्थामा बाहेक कम्पनीको ऋण वा दायित्वमा यसका सदस्यहरु जिम्मेवार हुने छैनन् ।

(ग) शेयर पूँजी भएको कम्पनीलाई मात्र लागू हुन सक्ने व्यवस्थाहरु बाहेक सुचीकृत कम्पनीलाई लागू हुने यस ऐनका सम्पूर्ण व्यवस्थाहरु कम्पनी, यसका सञ्चालक, पदाधिकारी, लेखापरीक्षक तथा कर्मचारीलाई समेत लागू हुनेछन् ।

(घ) कम्पनीले प्राप्त गरेको मुनाफाबाट लाभांश वा अन्य कुनै रकम यसका सदस्यलाई वितरण गर्ने छैन र कम्पनीले आर्जन गरेको मुनाफा कम्पनीको पूँजी बृद्धि गर्न वा त्यसको उद्देश्य प्राप्तिका लागि खर्च गरिनेछ ।

(ङ) कम्पनीले आफ्नो उद्देश्यमा परिवर्तन गर्दा कार्यालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(च) यस परिच्छेद बमोजिम संस्थापित कम्पनीका सदस्यहरुले आफु मध्येबाट एक सदस्य एक मतको हिसाबले नियमावलीमा निर्धारण गरिएको संख्यामा सञ्चालकहरु निर्वाचन गर्नेछन् ।

(छ) यस परिच्छेद बमोजिम संस्थापित कम्पनीमा काम गर्ने पदाधिकारीले पाउने वैठक भत्ता, तलव, सुविधा तथा कम्पनीको संस्थापना खर्च र सञ्चालन खर्च कार्यालयले तोके भन्दा बढी हुने छैन र कार्यालयले यसरी खर्च तोक्दा त्यस्तो कम्पनीको पूँजीगत अवस्था तथा मुनाफालाई आधार लिनु पर्नेछ ।

(ज) यस परिच्छेद बमोजिम संस्थापित कम्पनी विघटन भएमा वा दर्ता खारेजीमा परेमा कम्पनीको ऋण तथा दायित्व फछ्र्यौट गरी बाँकी रहेको जायजेथा कम्पनीको नियमावलीमा कुनै व्यवस्था गरिएको भए सोही बमोजिम र व्यवस्था नभएकोमा नेपाल सरकारमा र्सर्नेछ ।

उपरोक्त लेखिएको व्यवस्था उल्लंघन भएमा कार्यालयले त्यसरी उल्लंघन गर्ने कम्पनीको दर्ता खारेज गर्न सक्नेछ

अनुसूची बमोजिम निवेदनको ढाँचाको डाउनलोडहरु भित्र निवेदनको ढाँचाहरुमा रहेको छ, यस लिङ्कमा थिच्नुहोस् ।